साहरूख ,सलमान र आमिर एउटै स्क्रीनमा देखिने

साहरूख ,सलमान र आमिर एउटै स्क्रीनमा देखिने

एजेन्सी, साउन ९ 

बलिउडमा तीन खान अर्थात् साहरूख खान , सलमान खान र आमिर खान आजसम्म एउटै स्क्रीनमा नदेखिएका स्टारहरू हुन् । यिनीहरू एकसाथ एउटै चलचित्रमा काम गरेको हेर्ने फ्यानहरूको धेरै ठुलो इच्छा हुन्छ तर आजसम्म एउटै चलचित्रमा अभिनय गराउने प्रयास सफल भएको छैन ।

तर फ्यानहरूको त्यो चाहना पुरा हुने भएको छ । यी तीनलाई अब एउटै पर्दामा देखिने भएको छ । भारतमा बढ्दो जलसंकटको समाधान खोजीका लागि भारत सरकारद्वारा निकट भविष्यमा चलाइने एउटा बृहत् अभियानसम्बन्धी वृत्तचित्रमा यी तीनै खान सँगै देखिन लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो महत्त्वपूर्ण अभियानलाई सफल बनाउन यी तीन खान एक साथ देखिने भएका हुन् ।

भारतका विभिन्न भाषामा फरक–फरक स्क्रिप्टमा निर्माण गरिने तीन वृत्तचित्रमा अभिनयका लागि तीनै खानलाई भारतका केन्द्रीय जल शक्ति मन्त्री गजेन्द्रसिंह सेखावतले प्रस्ताव गरेका थिए । जसमा तीनै खान सकारात्मक रहेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.