काँग्रेसमा महाधिवेशनबारे औपचारिक छलफल सूरु

८ साउन ७६, बिहीबार

९ साउन, काठमाडौँ ।
नेपाली काँग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औंपचारिक छलफल सूरु गरेको छ । वर्षातपछि स्थगित नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदामाथि छलफल सुरु भएको हो ।

पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सन्दर्भमा केन्द्रिय कार्य समितिको बैठकमा औपचारिक छलफल सुरु गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा सो प्रस्ताव पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेका थिए भने उपसभापति विजयकुमार गच्छदार र नेता महेश आचार्यलगायतले सो प्रस्तावमाथिको छलफलमा भाग लिएको पनि प्रवक्ता शर्माले बताए ।

नेपाली काँग्रेसको गत जेष्ठ २२ गतेबाट सुरु भएको केन्द्रिय कार्य समिति बैठकले यस अघि नै पार्टीको नियमावली पारित गरिसकेको छ । बिहीबार सुरु भएको बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्ययोजना तय गरी प्रक्रिया अघि बढाउने विषय प्रवेश गराइएको छ । १४ वटा एजेन्डा तय गरी जारी केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विभाग, निकाय, भातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top