घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

९ साउन, काठमाण्डौ ।

महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षक रमेशबहादुर पाण्डे र राजु स्वर्णकार घुस रकमसहित पक्राउ परेका छन् ।

गौशालाका प्रहरी नायव निरीक्षक पाण्डे र स्वर्णकारले सार्वजनिक मुद्दामा केश चाँडै मिलाइदिने भन्दै सेवाग्राहीसँग १८ हजार घुस लिएका थिए । उनीहरुलाई घुससहित अख्तियारले प्रक्राउ गरेको प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

काठमाडौं महानगरपालिका ८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट रङ्गेहात नियन्त्रणमा लिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.