काठमाडौं : रक्सोल-अमलेखगन्ज पाइपलाइनबाट दैनिक चार हजार किलोलिटर इन्धन ढुवानी गरिने भएको छ। भारतको मोतीहारी–रक्सोलदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी हुने भएको हो।
पाइपबाट ढुवानी गरिएको तेल बाराको अमलेखगन्ज डिपोमा भण्डारण गरिने छ। नेपाल र भारतको संयुक्त लगानीमा बनेको पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर इन्धन ढुवानी गरिनेछ। दैनिक २० घण्टा पाइपलाइन सञ्चालन गरिनेछ। याे समाचार आजको कारोबार दैनिकमा छ ।