विप्लव समूहका धनकुटा-मोरङ सेक्रेटरी दीपक राई पक्राउ

विप्लव समूहका धनकुटा-मोरङ सेक्रेटरी दीपक राई पक्राउ

९ साउन, विराटनगर ।
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा मोरङ सेक्रेटरी दीपक राई बिहीबार पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय राईलाई प्रहरीको विशेष टोलीले उनकै गाउँबाट पक्राउ गरेको हो ।

केराबारीको एउटा घरमा सेल्टर लिई बसेको अवस्थामा बिहीबार बिहान राईलार्य पक्राउ गरेको प्रहरीले जनाएको छ । बम विष्फोट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता देखिएका कारण अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत थिए ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.