निर्मलाका लागि न्याय माग गर्दै माइतीघरमा नेविसंघको प्रदर्शन

निर्मलाका लागि न्याय माग गर्दै माइतीघरमा नेविसंघको प्रदर्शन

१० साउन, काठमाडौँ ।
नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ । एक बर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको हो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा विरुद्ध नाराबाजी गरेका थिए ।

कंचनपुरकी निर्मला पन्तको गत बर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । निर्मला हत्याको एक बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.