×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

आज अन्तिम वानडे खेल्दै मलिंगा, यस्ता छन् उनको करियरका ६ रोचक तथ्य

१० श्रावण २०७६

एजेन्सी, साउन १०

श्रीलंकाका तिब्र गतिका बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। बंगलादेश बिरुद्द शुक्रबारबाट सुरु हुने ३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेल खेल्दै सन्यास लिने बताएका छन्। यद्धपि टि-२० क्रिकेटमा भने उनले सन्यास लिएका छैनन्।

Advertisement
Advertisement

३५ बर्षीय मालिंगाले इंग्ल्याण्डमा सम्पन्न बाह्रौं वानडे विश्वकप पछि सन्यास लिने हल्ला बाहिर आएपनि आधिकारिक जानकारी भने आएको थिएन। सोमबार कप्तान दिमुथ करुणारत्नेले पुर्व कप्तान मालिंगा अन्तिम एकदिवसीय खेल खेल्न चाहेकोले टिम व्यवस्थापन र बोर्डले ग्रिन सिग्नल दिएको बताए। मलिंगाले पनि सामाजिक संजाल मार्फत बंगलादेशसंगको खेल आफ्नो अन्तिम हुने बताउदै आफ्ना समर्थकहरुलाई खेल हेर्न निम्तो दिएका छन्।

श्रीलंकाले तिन खेलको एकदिवसीय सिरिज अन्तर्गत घरेलु भूमिमा जुलाई २६ तारिख, जुलाई २८ तारिख र जुलाई ३१ तारिखमा बंगलादेशको सामना गर्नेछ। तर सिरिजमा मलिंगाले १ खेल मात्रै खेल्नेछन्।

मलिंगाले श्रीलंकाको लागि सन् २००४ मा पहिलोपल्ट अस्ट्रेलिया बिरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । राउण्ड आर्म बलिंग एक्सन भएकाले सुरुवात देखि फरक र प्रभावकारी उनले सन् २०१० मा अन्तिम पल्ट भारत बिरुद्द टेस्ट खेलेका थिए। उनले करियरमा ३० टेस्ट, २२५ एकदिवसीय र ७३ टि-२० खेलेका छन् जुन क्रममा टेस्टमा १०१, एकदिवसीयमा ३३५ र टि-२० मा ९७ विकेट आफ्नो नाममा गराएका छन्।

मलिंगा बारे रोचक ६ तथ्य
१. डेब्युमै ६ विकेट

उनले आफ्नो डेब्यु टेस्ट खेलमा अष्ट्रेलिया बिरुद्द खेल्दै मलिंगाले ६ विकेट लिएका थिए। खेल घरेलु टिम अष्ट्रेलियाले आफ्नो पक्षमा पारेपनि उनले पहिलो पारीमा अर्धशतक बनाएका ड्यारेन लेहम्यान (५७ रन ) र कप्तान एडम गिलक्रिस्ट (० रन) लाई आउट गरेका थिए। यस्तै दोश्रो पारीमा ४ विकेट लिनेक्रममा डामिएन मार्टिन (७ रन), ड्यारेन लेहम्यान (५१ रन), शेन वार्न (१ रन) र माइकल कास्प्रोविक (१५ रन) लाई आउट गरेका थिए।

२. लगातार ४ विकेट

सन् २००७ को दक्षिण अफ्रीकामा सम्पन्न एकदिवसीय विश्वकपमा मलिंगाले दक्षिण अफ्रीका बिरुद्ध ह्याट्रिक सहित लगातार ४ विकेट लिंदै त्यस्तो गर्ने पहिलो क्रिकेटर बनेका थिए। सुपर-८ चरणको खेलमा दक्षिण अफ्रीकालाई जितको लागि ५ रन आवस्यक थियो भने साथमा ५ विकेट। मलिंगाले खेलको ४५ औं ओभरमा बलिंग गर्ने क्रममा लगातार ४ बलमा ४ विकेट लिंदै श्रीलंकालाई खेलमा फर्काएका थिए। तर दुर्भाग्य त्यसपछि दक्षिण अफ्रीकाले १ विकेटले सो खेल जित्न सफल रह्यो।

३. आईपीएल कम्ब्याक र उत्कृस्ट प्रदर्शन

सन् २०१८ को आईपीएलमा उनी खेलाडीको रुपमा कुनैपनि टिमको हिस्सा हुन सकेनन्। उनको बलिंगमा पहिलेको जस्तो धार नरहेको भन्दै उनले नियमित खेलिरहेको र उत्कृस्ट प्रदर्शन गरेको टिम मुम्बई इन्डियन्सले उनलाई टिममा लिएन। तर मुम्बईले उनलाई बलिंग मेन्टरको रुपमा भित्रायो।

उनलाई सन् २०१९ को आईपिएलमा भने मुम्बई इन्डियन्सले पुनः खेलाडीको रुपमा टिममा भित्रायो। उनले मुम्बईलाई उपाधी दिलाउन फाइनल खेलको अन्तिम बलमा चेन्नाई सुपर किंग्सका खेलाडी सार्दुल ठाकुरको विकेट लिए। चेन्नाईलाई जितको लागि अन्तिम बलमा २ रन आवस्यक रहेको थियो भने मुम्बईलाई जसरि पनि डट गराउनु थियो, यदि एक रन पनि आएको भए खेल सुपर ओभरमा जान्थ्यो।

४. एकदिवसीय क्रिकेटमा श्रीलंकाको तेश्रो सर्वाधिक विकेट लिने बलर

२२५ खेलको २१९ इनिंगमा ३३५ विकेट लिएका मालिंगा एकदिवसीय क्रिकेटमा धेरै विकेट लिने खेलाडीको सुचिमा दशौँ नम्बरमा रहेका छन्। श्रीलंकाका लागि भने उनि तेश्रो सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनिभन्दा अगाडी मुथैया मुरलीधरन( ५३४ ) र चामिन्दा भास ( ४०० ) रहेका छन्।

५. विश्वकपमा उत्कृस्ट

एकदिवसीय विश्वकपमा कुल ५६ विकेट लिएका मलिंगा विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सुचीमा तेश्रो स्थानमा रहेका छन्। अस्ट्रेलियाका म्याकग्राथ ( ७१ ) पहिलो र श्रीलंकाकै मुथैया मुरलीधरन ( ६८ ) दोश्रो स्थानमा रहेका छन्। २०१९ विश्वकपमा मलिंगाले उनले १३ विकेट लिए। यस्तै टि-२० विश्वकपमा पनि मलिंगा दोश्रो धेरै विकेट लिने बलर हुन्। पहिलो नम्बरमा ३९ विकेट सहित रहेका पाकिस्तानका शहिद अफ्रिदी पछि उनि १ विकेट कम लिंदै दोश्रो स्थानमा रहेका छन्।

६. विश्वकप विजेता टिमका कप्तान

Advertisement

नेपाल समेत सहभागी सन् २०१४ को टि-२० विश्वकप क्रिकेटको उपाधी श्रीलंकाले जितेको थियो। बंगलादेशमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतलाई हराएर उपाधी जित्दा मालिंगा टिम कप्तान थिए। न्युजिल्यान्ड बिरुद्दको सुपर-१० अन्तर्गतको खेल स्लो ओभररेटको कारण दिनेश चण्डीमालले गुमाउने भएपछी उपकप्तान मालिंगाले उक्त खेलमा कप्तानी गरेका थिए। त्यसपछि खराब फर्ममा रहेका चण्डीमल बाहिर बस्ने निर्णय लिंदा प्रतियोगिता भरिनै मालिंगाले कप्तानको जिम्मेवार पाएका थिए।(विकेट नेपालबाट)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top