१० साउन, काठमाडौँ ।
सरकारले आर्थिक वर्ष ०७५/७६ मा विदेशी फिल्म प्रदर्शनबाट ७ करोड ८० लाख चलचित्र विकास शुल्क सङ्कलन गरेको सार्वजनिक भएको छ । विदेशी फिल्म प्रदर्शनका लागि सरकारले १५ प्रतिशत चलचित्र विकास शुल्क तोकेको छ ।
विदेशी फिल्मले १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित चलचित्र विकास शुल्क बुझाउनुपर्छ । नेपाली चलचित्रमा भने यो नियम लागु हुँदैन । चलचित्र विकास बोर्डका अनुसार केही समय यता नेपालमा विदेशी फिल्मको लोकप्रियता झन् बढेको छ । आगामी आर्थिक वर्षमा राजस्व सङ्कलन अझै बढ्ने अनुमान बोर्डले गरेको छ ।









