साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा बृद्धि

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा बृद्धि

१० साउन, राजविराज ।
साउन महिना लागेसँगै सप्तरी सदरमुकाम राजविराजसहित अन्य ब्यापारिक बजारमा हरियो र पहेलो चुरा तथा मेहेन्दीको बिक्री बढेको छ । साउन महिनामा महिलाले हरियो तथा पहेँलो चुरा, पोते र मेहेन्दी लगाउने गरेका कारण बजारमा माग बढेको हो ।

हिन्दू धर्म अनुसार महिलाले साउन महिनामा हरिया चुरा र मेहेन्दी लगाएमा आफ्नो श्रीमानको आयु लामो हुने र अविवाहितहरुले राम्रो श्रीमान पाउने विश्वास गरिन्छ । यही परम्परागत मान्यताकै कारण यो महिनामा हरिया चुरा र मेहेन्दी लगाउने महिलाको संख्यामा वृद्धि हुने गरेको छ ।

साउन महिनालाई कालो महिनाको रुपमा लिने र त्यसका लागि साउन महिनाभरि महादेवको ब्रत बस्ने प्रचलन पौराणिककाल देखि नै चलिआएको छ । महादेवलाई विशेषगरी हरियो, पहँेलो मनपर्ने भएकोले उनलाई खुसी पार्न पनि यस्ता सामग्री पहिरिनु परेको महिला बताउँछन् ।

राजविराज नगरपालिका निबासी ममता यादवले मनोकांक्षा पूरा होस् भनेर ब्रत बसेपछि भगवानलाई खुशी पार्न हरियो चुरा र मेहेन्दी लगाएको बताइन । बजारमा चुराको माग बढेपछि दिनमा ४ देखि ७ हजार रुपैयाँसम्मको चुरा र मेहेन्दी बिक्री हुने गरेको कस्मेटिक व्यापारीहरु बताउछन् । अधिकांश चुरा पसलेहरुले चुरासँगै मेहेन्दी पनि लगाइदिने गरेका छन् । हातमा मेहेन्दी लगाइदिए बापत ३५ देखि ५० रुपैयाँसम्म शुल्क लिने गरेको व्यापारी सरिता यादवले बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.