यो वर्ष वाणिज्य बैंकका लगानीकर्ताले बोनस सेयर नपाउने

९ साउन ७६, शुक्रबार

१० साउन, काठमाडौँ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले सेयरधनीलाई बोनस सेयर नदिने सम्भावना बढेर गएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण बैंकहरुले यस वर्ष सेयरधनीलाई नगद लाभांश मात्र दिन सक्ने सम्भावना बढेको बैंकर्सहरुले बताएका छन् ।

मौद्रिक नीतिले सबै बाणिज्य बैंकहरुको लागि कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नु व्यवस्था गरेको छ । यसको अर्थ ८ अर्ब मात्र चुक्ता पुँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नैपर्छ ।

Advertisement

ऋणपत्र जारी भएपछि बैंकको जोखिममा आधारित सम्पत्ति र पुँजी कोषको अनुपात दर वृद्धि हुन्छ । राष्ट्र बैंकको नियम अनुसार बैंकहरुको पुँजी कोष अनुपात ११ प्रतिशतभन्दा तल आउनु हुन्न ।

हाल औषतमा पुँजी कोष पर्याप्तता अनुपात १३.५ प्रतिशत रहेको छ । थोरै बैंकको पुँजीकोष अनुपात करिव १२ प्रतिशत छ भने अधिकांश बैंकहरुको १३ प्रतिशतभन्दा माथि छ । केही बैंकको पुँजीकोष १८ प्रतिशतभन्दा बढी रहेको छ ।

Advertisement

ऋणपत्र निष्काशन गर्दा सम्बन्धित बैंकहरुको पुँजी कोष अनुपात वृद्धि हुने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बताउँछन् । पुँजी कोष पर्याप्त भएको बेलामा बैंकहरुले सेयरधनीलाई नगद लाभांश नै दिने उनी बताउँछन् ।

सामान्यतया पुँजी कोष अनुपात १२ प्रतिशतभन्दा माथि भएका बैंकका लागि बोनस सेयर वितरण गरी पुँजी वृद्धि गर्नुपर्ने दवाव हुँदैन । तर पुँजीकोषमा पनि वासल थ्री अनुसार टायर वान अन्तरगत पर्ने पुँजी कम भएका बैंकहरुको लागि भने चुक्ता पुँजी बढाउनै पर्ने बाध्यता हुने लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह बताउँछन् ।

अधिकांश बैंकहरुले विगत तीन वर्षसम्म टायर वानको पुँजी बढाएकोले अहिले टायर टु बढाउने छन् । ऋणपत्रबाट संकलन हुने पुँजी पनि टायर टुमा पर्छ ।

हाल बैंकहरुको कुल कर्जा लगानी करिब २९ खर्ब छ । मौद्रिक नीतिले २१ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसको लागि करिब ६ खर्ब रुपैयाँ कर्जा विस्तार हुनुपर्छ । लक्ष्यअनुसार कर्जा विस्तार गर्न बैंकहरु सफल भए भने पुँजी वृद्धि पनि सँगै हुने शर्माले बताए ।

कुनै पनि कम्पनीले बोनस सेयर दिन्छ भन्ने भयो भने सेयरको मूल्य बढ्ने, तर नगद लाभांश आउने भन्ने सन्देश आउँदा बजारमा सेयर मूल्य घट्ने गरेको सेयर ब्रोकर कम्पनी कालिका सेक्युरिटीजका प्रबन्ध निर्देशन नरेन्द्रराज सिजापति बताउँछन् । बैंकका संस्थापन तथा ठूला लगानीकर्ता नगद लाभांश चाहान्छन् । तर, सर्बसाधारण लगानीकर्तामा बोनस सेयरप्रतिको आकर्षण बढी देखिन्छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top