सुनसरीमा बाढीले बगाएर १ जनाको मृत्यु

१० साउन ७६, शनिबार

१० साउन, सुनसरी ।

सुनसरीको हरिनगरा गाउँपालिका–५ स्थितमा भोक्राहा नरसिंह गाउँपालिका– ८ बस्ने वर्ष २५ का राजकुमार मेहताको बाढीले बगाएर मृत्यु भएको छ । शुक्रबार दिउँसो खेतबाट ओभरफ्लो भई आएको पानीमा पौडी खेल्ने क्रममा बाढीले बगाएर मेहता बेपत्ता भएका थिए ।

बेपत्ता भएका मेहतालाई स्थानिय र प्रहरी चौकी सिसुवा धरमपुरबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा दिउँसो सोही स्थान देखी केही पर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top