विर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी, दुई करोडको क्षति

११ साउन ७६, आइतबार

१२ साउन, झापा ।

Advertisement

विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा आज साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छ तलाको उक्त व्यापारिक भवनमा भएको आगलागी राति ८ः३० बजेतिर नियन्त्रणमा लिइएको बताउनुभयो । विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको प्रजिअ दाहालले बताए ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली संयुक्तरुपमा परिचालित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं नायब प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनले आगलागीमा कुनै मानवीय क्षति नभएको र पहिलो तलामा रहेको एरिक जुत्ता पसलको एसी मेसिनमा विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए । विर्तामोडको मुक्तिचोकमा रहेको छ तले उक्त व्यापारिक भवनमा विराट एफएमको स्टेसन, लक्ष्मी र इन्भेस्टमेन्ट गरी दुई वटा बैंक, दुई वटा डिपार्टमेन्टल स्टोरसहित व्यापारिक पसल र होटल रहेका छन् ।

आगलागीबाट एरिक जुत्ता पसलमा मात्र क्षति पुगेको र अरु सबै पसल सुरक्षित रहेको प्रहरीले जनाएको छ । आगलागीमा पसलको करीब रु दुई करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले पसल धनीको भनाइलाई उद्धृत गर्दै बताए ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top