१२ साउन, दुहबी ।
गतवर्षदेखि असोजमा आयोजना हुने प्रदेशस्तरिय मिस्टर एण्ड मिस थारु आइकन आयोजनाका बिषयमा सरोकारवालासंग सुझाव संकलन गरिएको छ । आयोजक थारु कला केन्द्रले शनिवार सुनसरीको दुहबीमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजनागर्दै सो बिषयमा सुझाव संकलन गरेको हो ।
समुदायका विभिन्न क्षेत्रका अगुवाहरुलाई सहभागि गराएर गरिउको सुझाव संकलनका क्रममा सहभागि वक्ताहरुले मोडलिङ क्षेत्रलाई मात्र प्रर्बधन गर्ने भन्दापनि थारु भाषासंस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित कार्यक्रम गरिनुपर्ने सुझाव दिएका थिए । दशैं अघि आयोजना हुने थारु आइकनमा सहभागिताका लागि झुम्का,गाइघाट,बिर्तामोड र विराटनगरमा अडिसन राखिने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।
प्रतियोगिताका सहभागिलाई एक साताको थारु समुदायको भाषा, संस्कृति र पहिरन सम्बन्धि प्रशिक्षण समेत दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको यसपटक दोश्रो सिजन हुनेछ ।