विज्ञापन बोर्डको विपक्षमा उभिए सांसद

११ साउन ७६, आइतबार

१२ साउन, काठमाडौँ ।
प्रतिनिधिसभाका सांसदहरुले विज्ञापन बोर्ड गर्ने सरकारको प्रस्ताव संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित भएको दावी गर्दै मान्य नहुने अडान लिएका छन् । संघीय संसदको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै प्रनिनिधिसभाका सांसदद्धय जिपछिरिङ लामा र कमला रोकाले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव समावेशी सिद्धान्त विपरित आएको उल्लेख गर्दै मान्य नहुने अडान राखे ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद समेत रहेका लामाले संविधानले समावेशी, समानुपातिक प्रतिनिधिको स्पष्ट व्यवस्था गरेपनि सो व्यवस्था अनुसार विज्ञापन बोर्ड गर्ने प्रस्ताव सरकारले नल्याएकाले मान्य नहुने अडान राख्नु परेको स्पष्ट पारे । महिला, जनजाति, दलित, गरिव समूदाय सबैलाई बोर्डमा प्रतिनिधित्व गराउने व्यवस्था त्यसमा नरहेकाले आफ्नो असहमति रहेको सांसद लामाको तर्क छ । सांसद लामाले सो विधेयकमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवलाई सदस्य बनाउने प्रावधान पनि हटाउन माग गरे ।

सत्तारुढ नेकपाकी सांसद कमला रोकाले महिला, दलित, जनजाति सबै समुदायको प्रतिनिधित्व नभएकाले सरकारले ल्याएको विज्ञापन बोर्ड गठन गर्ने प्रावधानमा सहमति जनाउन नसकिने स्पष्ट पारे । उनले सो बोर्डको अध्यक्षको पनि योग्यता तोक्न सरकारसँग माग गरे । सरकारले ल्याएको सो विधेयकमा विज्ञापन बोर्डमा रहने अध्यक्षको योग्यतासम्बन्धि प्रावधान राखिएको छैन । सांसदहरुले विज्ञापन बोर्डमा महिलाहरुको प्रतिनिधित्व बढाउन पनि सरकारलाई दवाव दिएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top