छानविन समिति नबनाए राजपाले संसद अबरुद्ध गर्ने

११ साउन ७६, आइतबार

१२ साउन, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानविन गर्न संसदीय समिति बनाउन सरकारलाई दवाव दिएका छन् । संयोजक यादवले सर्लाहीमा भएको सो मृत्युको घटनाको छानविनका लागि संसदीय समिति गठन नगरे सोमबार बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिए ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सर्लाहीमा भएको दुवै मृत्यु प्रकरण गैर न्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको र त्यसको सुनुवाई नभए प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने निर्णय गरिएको स्पष्ट पारे । नेत्रविक्रम चन्द समूहका सर्लाही ईन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको न्यायिक छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले यस अघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए ।

संयोजक यादवले गैरन्यायिक ढंगले प्रहरीबाट मारिएका ती दुवै प्रकरणको छानविन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने पार्टीको अडान पनि दोहो¥याए । संयोजक यादवले पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तीव्रता दिइएको बताए । उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top