×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

पोर्चुगलमा पनि नेपाली पाठशाला: कखरा सिक्दै नेपाली बालबालिका

१२ श्रावण २०७६

१२ साउन,काठमाडौँ ।

पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ । नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ ।

Advertisement
Advertisement

यहाँको सरकारी विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी सदीक्षा पछिल्लो समय नेपाली भाषा पनि निकै मेहनत गरेर सिक्दै छिन् । नेपालकी छोरी भएरै होला उनलाई नेपाली भाषा मोहले पनि त्यतिकै तानेको छ । नेपाली भाषा कतिको आउँछ त भन्ने प्रश्नमा सदीक्षाले अङ्ग्रेजी र पोचुगालीभन्दा धेरै कम आउने प्रतिक्रिया दिइन् । नेपालीभन्दा अङ्ग्रेजी र पोर्चुगाली सजिलो लाग्ने उनको भनाइ थियो । हालसम्म नेपाल नदेखेकी उनले छिट्टै नेपाल जानेसमेत बताइन् ।

सदीक्षा जस्तै चितवनका सोहन सापकोटा र पोखराका रस्मित कुँवरको पनि उस्तै समस्या छ । उनीहरु पनि यहांँको सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् । दश वर्षका सोहन कक्षा ४ मा पढ्दै छन् । भने ११ वर्षीय रस्मित भर्खरै कक्षा ५ मा भर्ना भएका छन् । सोहन र रस्मितलाई पनि सदीक्षालाई जस्तै पोर्चुगाली भाषा खरर बोल्न र लेख्न आउँछ । तर नेपाली भाषा बोल्नसक्ने भए पनि लेख्न भने उनीहरु दुवैलाई समस्या छ । घरमा बोल्ने भाषा नेपाली भएका कारण उनीहरु नेपाली बोल्न सक्ने भए पनि यहाँको स्थानीय विद्यालयमा लेख्ने र पढ्ने भाषा पोर्चुगाली नै भएका कारण पनि उनीहरूलाई नेपाली भाषामा समस्या भएको हो ।

सदीक्षा, सोहन र रस्मित जस्तै पोर्चुगलमा जन्मेका र हुर्केका अधिकांश नेपाली बालबालिकामा यो समस्या सामान्य जस्तै छ । पोर्चुगलमा जन्मेका तथा हुर्केका नेपाली बालबालिकामा देखिएका यस्ता समस्यालाई मध्यनजर गरेर नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला सञ्चालन गरेको छ ।

समाजले यही जुलाईको पहिलो सातादेखि राजधानी लिस्बनस्थित आन्जोसमा नेपाली पाठशाला सञ्चालन गरेको हो । पाठशालामा पाँच वर्षमाथिका र १२ वर्षमुनिका २५ नेपाली बालबालिकालाई कखरा सिकाइँदै छ ।

पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा लेखनमा समस्या देखिएपछि नेपाली भाषा, कला र नेपाली संस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले नेपाली पाठशाला सञ्चालन गरिएको समाजकी अध्यक्ष कला राईले जानकारी दिइन् । दुई जना नेपाली शिक्षिकामार्फत साताको तीन दिन नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यवहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराउने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताइन् ।

राईका अनुसार पोर्चुगलको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको वार्षिक बिदाको समयलाई सदुपयोग गरेर पाठशाला सञ्चालन गरिएको हो । समाजले आफ्नै कोषको खर्चबाट निःशुल्क कक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पाठशालालाई थप व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।

पाठशालामा बालबालिकालाई साताको दुई दिन सोमबार र मङ्गलबार नेपाली भाषासम्बन्धी सैद्धान्तिक कक्षा सञ्चालन गरिएको शिक्षिका विद्या आचार्यले बताए । उनीहरुलाई कखरादेखि नेपाली शब्द, नेपालको राष्ट्रिय गान, नेपालसम्बन्धी जानकारी, वाक्य लेखन, उच्चारण तथा नेपाली भाषा सिकाइएको छ ।

नेपालमा रहँदा डेढ दशक बढी अध्यापन पेशामा सक्रिय रहनुभएकी आचार्यले विदेशी भूमिमा नेपाली बालबालिकालाई अध्यापन गराउन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिए । अधिकांश बालबालिका पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने भए पनि नेपाली भाषामा भने समस्या रहेको उनले बताए । आचार्यका अनुसार पाठशालामा बालबालिका नियमित जस्तै आउँछन् । उनीहरु नेपाली सिक्न उत्साहित छन् ।

पाठशालामा साताको एक दिन सिर्जनशील र अतिरिक्त क्रियाकलाप गराइने गरिएको छ । आफ्ना बालबालिकामा नेपाली भाषामा समस्या देखिएपछि चिन्तित बनेका अभिभावकलाई नारी समाजको यो अभियानले केही राहत मिलेको यहाँका अभिभावको प्रतिक्रिया छ । विदेशी भूमिमा हुर्केका आफ्ना बालबालिकाले नेपाली भाषा नभुलुन् र नबिर्सिउन् भन्ने उनीहरुको चाहना छ । तर बालबालिका विद्यालयमा पनि पोर्चुगाली भाषा बोल्ने र साथीसङ्गी पनि पोर्चुगाली हुने भएका कारण पनि नेपाली भाषामा समस्या देखिएको अभिभावकको बुझाइ छ ।

विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन हुँदा आफूहरुलाई राहत मिलेको अभिभावक सरिता गौतमले बताए । पाठशाला जान थालेपछि आफ्नी छोरीको नेपाली लेख्ने र पढ्ने बानीको विकास भएको उनले बताए । आंशिक मात्र नभएर नेपाली पाठशालालाई नियमितरूपमा सञ्चालन गर्नसके अझै प्रभावकारी हुने गौतमको तर्क छ ।

नेपालमा कक्षा २ अध्ययन गर्दै गरेका छोरालाई चार वर्ष अगाडि पोर्चुगल ल्याएकी पोखराकी वसन्ती कुँवरले आफ्नो छोराले नेपाली भुल्न थालेपछि चिन्तित बनेको बताए । ‘विदेशमा बसिएको छ, छोराले यहाँको सबै कुरा जानेको छ तर नेपाली भाषा र संस्कार भुल्दै गएको छ । आफन्तहरु कसलाई के साइनोले बोलाउनुपर्छ भन्ने कुरा पनि बिर्सिसके । नेपाली संस्कार र संस्कृति नै भुल्छन् कि भन्ने पीर छ’, कुँवरले चिन्ता व्यक्त गर्दै भने, ‘हामी जस्ता अभिभावकका चिन्तालाई पाठशालाले राहत प्रदान गरेको छ ।’ पाठशालालाई सःशुल्क नै बनाएर भए पनि नियिमित र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।

पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली संस्कार, संस्कृति र नेपालीपनको भावना जागृति गर्न पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको समाजकी पूर्वअध्यक्ष सीता बरालले बताए । विभिन्न समस्या भए पनि विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन गर्न पाउँदा आफूहरुलाई निकै खुशी लागेको उनले बताए ।

‘विश्वको जुनसुकै कुनामा रहे पनि हामी नेपाली हौँ । विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु हाम्रो दायित्व हो । उनीहरुले नेपाली भाषा र संस्कृति नभुलुन् र नबिर्सिउन् भन्ने हाम्रो मुख्य उद्देश्य हो’, बरालले भने । यो अभियानले नेपाली भाषा र नेपाली लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

Advertisement

आगामी दिनमा यहाँ रहेका नेपाली सङ्घसंस्थासँग समन्वय गरेर पाठशालालाई थप व्यवस्थित गर्दै सरकारीस्तरबाटै स्वीकृति लिएर सञ्चालन गर्ने योजना रहेको उनले बताए ।–भरत प्रधान/रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top