नेकपामा असन्तुष्टि चुलियो, निर्णय नसच्याए दुष्परिणाम भोग्नुपर्ने चेतावनी

११ साउन ७६, आइतबार

१२ साउन, राजविराज ।
नेकपाको सप्तरीका जिल्लातहको कमिटि चयनको क्रममा प्रदेश कमिटिद्वारा क्रियाशिल रहेका दर्जनौं सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग गरिएको छ । प्रदेश कमिटीले पार्टीको मुल्य मान्यता विपरीत सांगठनिक सदस्य नै नलिएकाहरु तथा आसेपासेलाई राखेर चयन प्रक्रियामा गम्भिर त्रृटी गरेको भन्दै असन्तुष्ट पक्षले सो निर्णय नसच्याए त्यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मा निर्णयकर्ता नै हुने चेतावनी समेत दिएका छन् ।

सदरमुकाम राजविराजमा आइतबार पत्रकार सम्मेलन गरि २ नं. प्रदेश कमिटिका सदस्य समेत रहेका देवनाथ यादवले नेकपा सप्तरीको जिल्ला कमिटि गठन गर्दा जनयुद्धको क्रममा जेलनेल र यातना भोगेका करिब दुई दर्जन सिनियर कमरेडहरुलाई वेवास्ता गरि प्रदेश कमिटिले सांगठनिक सदस्य नै नभएकाहरुलाई जिल्ला कमिटिमा समावेश गरिएको बताए ।

प्रदेश २ कमिटिका अर्का सदस्य भागवत यादवले जनयुद्धका बेला जेलनेल र यातना भोगेका ज्ञानेन्द्र घिमिरे, उमेश मण्डल, देवराम यादव, बलराम महतो, सुकदेव साह, गोपाल प्रसाद गुप्ता लगायत दुई दर्जन सिनियर कमरेडहरुलाई जिल्ला कमिटिमा समावेश नगरिएकोमा तिब्र असन्तुष्टि जनाउँदै निश्चित मापदण्ड विधि अपनाई तत्कालिन नेकपा (माओवादी केन्द्र) को तर्फबाट जिल्ला कमिटि पुर्नगठन नगरिए त्यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मा पनि निर्णयकर्ताहरु नै हुने चेतावनी दिए ।

Advertisement

जिल्ला कमिटिका सदस्य हरिनारायण चौधरीले प्रदेश नेतृत्वतहमा रहेको संक्रिण गुटिय घेरा र मानसिकता तथा असहमत पक्षलाई निषेध गर्ने अलोकतान्त्रिक चरित्रकै कारण अधिकांश सिनियर कामरेडहरुलाई जिल्ला कमिटिबाट पाखा लगाइएको भन्दै तत्काल निर्णय सच्याई जिल्ला कमिटि पुर्नगठन गर्नु पर्ने माग गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top