गन्तव्य विस्तार गर्दै यति एयरलाइन्स

११ साउन ७६, आइतबार

१२ साउन, काठमाडौँ । 

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जनाएको हो ।

यतीले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान शनिबार काठमाडौँ भित्र्याएको थियो । योसँगै कम्पनीसँग अब पाँच वटा एटीआर विमान छन् । नयाँ विमानले हालकै गन्तव्य तथा छिट्टै धनगढीमा पनि उडान सुरु गर्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए ।

Advertisement

यतिले अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, पोखरा, भैरहवा र पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ सेवा दिइरहेको छ । नयाँ एटीआर विमान सञ्चालनमा आउन झण्डै दुई महिना लाग्नेछ । यतिले एक साताअघि पोखरामा पनि एटीआर विमानबाट सेवा सुरु गरेको घोषणा गरेको थियो ।

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top