१५ साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाको सत्य तथ्य छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दे नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।
सभामुख कृष्ण बहादुर महराले बुधबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नोपली कांग्रेस र राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । सभामुखले कार्यसूची अगाडी बढाउने भन्दै सुन्य समयको कारवाही अघि बढ्छ भन्ने वित्तिकै सांसदहरु रोष्टम अगाडि आएर नाराबाजी गरेका थिए । सभामुखले आसन ग्रहण गरि सदन सुचारु गराउन पटक पटक आग्रह गरेपनि सांसदहरुले नाराबाजी गरिरहेपछि बैठक कार्यसुचीमा प्रवेश गर्न सकेन । कांग्रेस र राजपाका सांसदहरुले झण्डै १ घण्टा रोष्टम अगाडि नाराबाजी गरेका थिए । त्यसपछि सभामुख महराले बैठक स्थगित गर्दै अर्को बैठक भोली बिहिबार अपरान्ह २ बजेका लागि बोलाएको घोषणा गरे।
नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका भिन्ना भिन्नै ३ घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दे असार २४ गते देखि निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् । विहिबार दुवै पार्टीका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर , संसदीय छानविन समिति गठनगर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दै अहिले रोष्टम अगाडि नाराबाजी गरेका थिए ।