सांसदहरुले सर्लाही घटनाको सत्य तथ्य छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दे नाराबाजी

१५ साउन, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाको सत्य तथ्य छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दे नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

सभामुख कृष्ण बहादुर महराले बुधबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नोपली कांग्रेस र राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । सभामुखले कार्यसूची अगाडी बढाउने भन्दै सुन्य समयको कारवाही अघि बढ्छ भन्ने वित्तिकै सांसदहरु रोष्टम अगाडि आएर नाराबाजी गरेका थिए । सभामुखले आसन ग्रहण गरि सदन सुचारु गराउन पटक पटक आग्रह गरेपनि सांसदहरुले नाराबाजी गरिरहेपछि बैठक कार्यसुचीमा प्रवेश गर्न सकेन । कांग्रेस र राजपाका सांसदहरुले झण्डै १ घण्टा रोष्टम अगाडि नाराबाजी गरेका थिए । त्यसपछि सभामुख महराले बैठक स्थगित गर्दै अर्को बैठक भोली बिहिबार अपरान्ह २ बजेका लागि बोलाएको घोषणा गरे।

Advertisement

नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका भिन्ना भिन्नै ३ घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दे असार २४ गते देखि निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् । विहिबार दुवै पार्टीका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर , संसदीय छानविन समिति गठनगर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दै अहिले रोष्टम अगाडि नाराबाजी गरेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top