बालिकालाई बलात्कार गरे अनि १० रुपैंयाँ दिएर घर पठाए

१५ साउन ७६, बिहीबार

पर्वत, १६ साउन । पर्वतमा नौ वर्षीया बालिका बलात्कृत भएको घटना एक लाख रुपैयाँ दिएर मिलाउने प्रयास गरिएको छ ।

जघन्य अपराध गाउँमै मिलाउने तयारी भएको खुलेपछि मानवअधिकारकर्मीको प्रयासमा घटनाको एक सातापछि प्रहरीले आरोपीलाई पक्रेको छ । बलात्कारको आरोपमा कुश्मा नगरपालिका– ९ कटुवाचौपारीका वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् ।

स्रोतका अनुसार आरोपी पराजुलीले ६ साउनमा आफैले सञ्चालन गरेको राइस मिलमा बालिकालाई बोलाएर बलात्कार गरेका थिए । बलात्कारपछि उनले १० रुपैयाँ दिएर बालिकालाई फकाएर घर पठाएका थिए । तर, बालिका बिरामी परेपछि परिवारले घटनाबारे थाहा पाएको थियो । त्यसपछि पराजुलीले पीडित परिवारलाई १० हजार रुपैयाँ दिने र घटना गुपचुप मिलाउने प्रस्ताव राखे ।

Advertisement

तर, पीडित पक्षको तर्फबाट केही व्यक्तिले एक लाख रुपैयाँ मागेका थिए । पराजुली सो रकम तिर्न सहमत भए । यद्यपि उनीहरूबीच लेनदेन हुन पाएको थिएन । पराजुलीले १६ साउनमा मात्र पैसा दिने बताएका थिए । तर, प्रहरीले १४ साउनमै उनलाई नियन्त्रणमा लिएको छ ।

बलात्कृत बालिकालाई आरोपीकै आफन्तले लगे अस्पताल
बलात्कृत बालिका बिरामी पर्दै गएपछि एक सातापछि मात्रै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित बालिकाकी आमासहित आरोपी व्यक्तिका आफन्तले उनलाई बाग्लुङ अस्पताल पु¥याएका थिए । घटना बाहिरिएपछि प्रहरीले मंगलबार जिल्ला अस्पताल पर्वतमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।

Advertisement

बालिका बलात्कारको घटना गाउँमै मिलाउने प्रयास भइरहेको थाहा भएपछि पत्रकार तथा पर्वत इन्सेक प्रतिनिधि सन्तोष थापाले पीडित बालिकालाई न्याय दिलाउन प्रहरीसमक्ष माग गरेका थिए । त्यसपछि प्रहरीले पराजुलीलाई मंगलबार उनकै घरबाट पक्राउ गरेको छ । आरोपी पराजुलीलाई प्रहरीले मंगलबार यौन दुव्र्यवहारअन्तर्गत पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

बलात्कार घटना कानुन विपरीत मिलापत्र भएको जानकारी भएपछि अनुसन्धान थालिएको र आरोपितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घटनाबारे प्रारम्भिक अनुसन्धानका क्रममा पराजुली अपराधमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । उनले गाउँमै घटना ढाकछोप गर्न खोजिएको विषयमा समेत सोधपुछ भइरहेको जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top