साउन १७, विराटनगर । नेपालमा पहिलो पटक ‘मिस्टर दारी २०१९’ हुने भएको छ ।
पुरुषहरुको सौन्दर्य प्रतियोगिताकै ढाचामा केही थप गरी बिल्कुलै फरक शोको आयोजना गरिने ‘मिस्टर दारी’ आयोजना गर्ने ठन्डर प्रोडक्सनका म्यानेजिङ डिरेक्टर बिजय कार्कीले बताए ।
‘मिस्टर दारी’का लागि विराटनगरमा साउन १८ गते शनिबार न्युक्लियर डान्स ग्याङमा अडिशन हुने आयोजकले जनाएको छ ।
यस्तै इटहरीमा १९ गते ,झापामा २०, चितवन २२ , बुटवल २४, बाँकेको कोहलपुर २६, पोखरामा २८ गते र शोको अन्तिम अडिसन साउन ३२ गते काठमाडौमा हुने कनर्यक्रम तय गरिएको छ ।
शोको अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जर्जको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् ।
“मिस्टर दारी २०१९” को ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौमा हुनेछ ।
शोको ब्राण्ड एम्बासडरको रुपमा अभिषेक राज सिंह थापा रहेका छन् । उनी दार्ही ग्याङका एडमिन हुन् । यो शोमा सहभागिता हुनका लागि उचाई र शारीरिक मोटाई जस्तो भएपनि दारी भने अनिवार्य हुनु पर्नेछ ।
“मिस्टर दारी”को बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको ब्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन ।
यस्तै बिजेतालाई अन्तर्राष्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने कार्कीले बताए ।