आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने

१८ साउन ७६, शनिबार
Share this
752shares

साउन १८, काठमाडौं। हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित भएका कारण आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको छ ।

Advertisement

शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ ।

त्यसैले हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ । साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा पनि भैरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ ।

Advertisement

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 शनिबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले अनुमान गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top