रगतमा समस्या देखिएपछि प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

साउन १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार सिंगापुर जाने भएका छन् ।

Advertisement

सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली जान लागेका हुन् ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन ।

Advertisement

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझाबअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन ।

प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ । उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट सिंगापुर जाने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top