पहिरोले दश घर बगायो, दुईजना बेपत्ता

पहिरोले दश घर बगायो, दुईजना बेपत्ता

साउन १८, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा पहिरो जाँदा दश घर बगाएको छ ।

पहिरोमा परी दुईजना बेपत्ता भएका छन् । गएराति गाउँपालिकको वडा नम्बर १ स्थित झगडेमा आएको पहिरोले उक्त घरसहित अन्दाजी ५५ वर्षीय स्थानीय जगतबहादुर खत्री बेपत्ता भएका हुन् ।

त्यसैगरी, गएराति नै वडा नम्बर १ स्थित जुँगु खोलाको बाढीमा फसेको गाडीको यात्रु उद्धार गर्ने क्रममा वडा नम्बर २ का अन्दाजी १८ वर्षीय निशान खड्का बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

लगातारको झरीसँगै आएको पहिरोमा परी वडा नम्बर १ को झगडे, राजपुलगायतका ३० घर जोखिममा परेको छ । घटना सदरमुकाम चरिकोटबाट ११ कोष टाढा रहेकाले उद्दारका लागि थप बल पठाउँदै गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.