टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा भारतको अग्रता

साउन १९, एजेन्सी । वेस्ट इन्डिजविरुद्धको टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा भारतले अग्रता बनाएको छ ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल क्रिकेट रंगशालामा गएराति भएको पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो ।

वेष्ट इन्डिजले दिएको ९६ रनको लक्ष्य भारतले १७ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । लक्ष्य सामान्य भए पनि भारतले कठिन जित हात पार्‍यो ।

दोस्रो ओभरमै चोटबाट पुनरागमन गरेका शिखर धवन १ रनको स्कोरमा आउट भएका थिए ।विश्वकपका सर्वा्धिक रनकर्ता रोहित शर्माले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन बनाएर आउट भए ।

कप्तान विराट कोहली र मनिस पान्डेले समान १९ रनको योगदान गरे । ऋषभ पन्त पहिलो बलमै आउट भएका थिए ।

त्यस्तै क्रुनाल पान्ड्याले १२ रन जोडे । रविन्द्र जडेजा १० र वासिंटन सुन्दर ८ रनमा अविजित रहे । बलिङतर्फ वेष्ट इन्डिजका सेन्डोन कोट्रेल, कीमो पाउल र सुनील नारिनले दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धा्रित ओभरमा ९ विकेट गुमाउँदै ९५ रनको झिनो योगफल खडा गरेको थियो ।वेष्ट इन्डिजका लागि किरोन पोलार्ड र निकोलास पुरनले मात्र दोहोरो अंकको रन जोडेका थिए । पुरनले २० र पोलार्डले ४९ रनको योगदान गरे ।अन्य सबै ब्याट्सम्यान असफल सावित भए ।

भारतीय टोलीबाट डेब्यू खेलमा नभदीप सैनीले ३ विकेट लिए ।उनले ४ ओभरमा १ मेडन राख्दै १७ रनमात्र खर्चिए । भुवनेश्वर कुमारले पनि २ विकेट झारे ।

शृङ्खलाअन्तर्गत भारतले वेष्टइन्डिजसँग तीन ट्वेन्टी–ट्वेन्टी शृङ्खला खेल्नेछ । दोस्रो खेल भोलि हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top