कमलपोखरी अतिक्रमण गरेर व्यापारीक कम्प्लेक्स बनाइएकोमा स्थानीयको विरोध

साउन १९, एजेन्सी । काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायादेवी कम्प्लेक्स बनाइएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् ।

नेवाः राजनीतिक अभियानले आज इन्द्रचोकबाट निकालेको विरोध ‍र्याली ठमेलस्थित छायादेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक अगुवाहरुले ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक सम्पदा अतिक्रमण भएको भन्दै त्यसलाई पुनः सार्वजनिक सम्पदाकै रुपमा काम गर्न माग गरे । उनीहरुले स्थानीयका मागका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार मौन बसेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए ।

र्‍याली र कोणसभामा सहभागीहरुले भूमाफियाको प्रलोभनमा परेर सरकारी कर्मचारीले कमलपोखरी अतिक्रमण गर्दा पनि महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेकोप्रति आपत्ति जनाए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top