मृग सम्झेर चलाएको गोली लागी डोटीमा एक जनाको मृत्यु

साउन १९, डोटी । मृग सम्झेर एक स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ ।

जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे मृग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले प्रारम्भिक अनुसन्धानबाट खेती मास्न आएको मृग ठानी भुलले चलाएको गोली लागेर लुहारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

प्रहरीले बन्दुकसहित युवकको ज्यान लिने भुललाई नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानका क्रममा उनले भुलबश लुकारलाई गोली लागेको बताएका छन् ।

मृतक लुहार स्थानीय घट्टेडी मन्दिरका धामी हुन् । उनले यसै वर्ष विद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राति किन जंगलमा गएका थिए भन्ने खुल्न सकेको छैन ।

जंगली जनावरलेहरूले बाली नष्ट गर्ने समस्या डोटीका किसानले पछिल्लो समय झेल्दै आएका छन् । जंगली जनावरको समस्या पेचिलो बनेपछि यसबाट मुक्ति पाउन किसानहरूले हतियारको समेत सहारा लिने गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top