×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनको माग

२१ श्रावण २०७६

२१ साउन, काठमाडौ ।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेटगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप व्यवस्थापनका लागि विमानस्थल २४ सै घण्टा सञ्चालनका लागि आग्रह गरेको हो ।

Advertisement
Advertisement

विमानस्थलमा हवाई ट्राफिकको चाप बढेका कारण लामो समय विमान आकाशमै ‘होल्ड’ गरी राख्नुपर्ने अवस्था रहेको र उडान गर्नुपर्ने विमान समयमा उडान गर्न नपाइरहेको अवस्थालाई न्यूनीकरण गर्न तत्काल सुधारका काम थाल्न आग्रह गरिएको छ । नाट्टाले पर्यटन क्षेत्रका विद्यमान समस्या, गरिनुपर्ने सुधार तथा सुझावसहितको १२ बुँदे प्रस्ताव मन्त्री भट्टराईसमक्ष पेश गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो पटक धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम हालै सम्पन्न भएको छ । अघिल्लो वर्ष जेठ १२ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको थियो । गत चैत २८ देखि जेठ मसान्तसम्म धावनमार्गको मर्मतको अवधिमा विमानस्थल दैनिक १४ घण्टा सञ्चालन भयो भने अहिले मर्मतपछि दैनिक पुनः २१ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको स्तरोन्नतिसँगै पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक सुधारका काम तीव्र गतिमा भइरहेको जानकारी दिए ।

विमानस्थलको बढ्दो हवाई चाप नियन्त्रण तथा सेवा स्तरीकरणका लागि काम अघि बढाइएको उनले उल्लेख गरे । उनका अनुसार विमानस्थलको मर्मतको बाँकी काम आगामी सेप्टेम्बर १ देखि शुरु भई डिसेम्बर ३१ मा सम्पन्न हुनेछ । यो चरणमा विमानस्थलको ‘ट्याक्सी वे’, ‘लिङ्क रोड’ निर्माण लगायतका काम सम्पन्न गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा स्थापित गर्ने उद्देश्यले सुधारका काम थालिएको छ ।

नाट्टाका अध्यक्ष सीएन पाण्डेले पर्यटकको पहिलो प्रवेशद्वार विमानस्थल भएकाले मुलुकबारे पहिलो प्रभाव पार्ने हुँदा विमानस्थलको सबै सेवालाई चुस्त र प्रभावकारी तुल्याउन आग्रह गरे । उनले विमानस्थलको भौतिक संरचनाको (पार्किङ, ट्रली, शौचालय, टेलिभोन, नियमित सरसफाइ आदि) सुधार र सदृढीकरण अपरिहार्य रहेको उल्लेख गरे ।

पर्यटन क्षेत्रलाई अझ सबल बनाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको टड्कारो आवश्यकता भएकाले बाराको निजगढ विमानस्थलको निर्माण कार्य यथाशिघ्र शुरु गर्न नाट्टाले माग गरेको छ । यस्तै, निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा समयमै निर्माण सम्पन्न गरि यथाशक्य सञ्चालनमा ल्याउन तथा विराटनगर, धनगढीलगायत विमानस्थलको स्तरोन्नति गरिनुपर्ने सुझावपत्रमा उल्लेख छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कार्यक्षमतासँग प्रत्यक्ष रुपमा पर्यटक आगमनको सम्बध रहेको र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अन्तर्राष्ट्रिय उडानका लागि जहाज थपेर सेवालाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

Advertisement

यसैवर्षभित्र कम्तिमा निगमसँग छ वटा न्यारो बडी तथा चार वटा वाइड बडी जहाज भित्र्याउनुपर्ने आवश्यकता रहेकामा दुई वटा न्यारो बडी सञ्चालनमा आएका र गत वर्ष खरीद गरिएका दुई वाइड बडी जहाज अन्तर्राष्ट्रिय लामा गन्तव्यमा उड्न नसक्नु विडम्बनापूर्ण भएको भन्दै नाट्टाले निगमको हालको व्यवस्थापन सुधार गरी युरोप अमेरिकालगायत चीन, दक्षिण कोरिया तथा जापानजस्ता मुलुकमा प्रमुख गन्तव्यमा उडाउने वातावरण सिर्जना गर्न सुझाएको छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top