छुट्टाछुट्टै स्थानमा एम्बुलेन्स दुर्घटना हुँदा ११ जना घाईते

२१ साउन, विराटनगर।
उदयपुर र सुनसरीमा मंगलबार बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् ।

झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका–६ चुरेमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका–६ का सदहरुल मिया, उनकी छोरी २८ बर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ बर्षीय मोहमद हमिद, ४० वर्षीय सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन, त्रियुगा नगरपालिका–१२ की ३२ बर्षीय अम्बिका बि.क. र उनको छोरा ११ बर्षीय अशोक बि.क. घाईते भएका हुन् । घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका–१ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर बिराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका–२ को थलाहा पुलमा आज बिहान ३ : १० बजे ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार विरामी उदयपुर गढी गाउँपालिका–१ की ३२ बर्षीया सबिना बास्तोला, उनको श्रीमान ३६ बर्षीय खेम बहादुर बास्तोला, सोही स्थानका ३६ बर्षीय सिताराम बास्तोला घाईते भई बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ भने चालक सोही स्थानका २८ बर्षिय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top