सप्तरीका महिला तरकारी खेतीतर्फ आकर्षित

२० साउन ७६, मंगलबार

२१ साउन, सप्तरी ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ७ का महिला किसान समूहले तरकारी खेतीबाट मनग्गे आम्दानी गर्न थालेको छ । उनीहरुका खेतबारीमा लटरम्म फलेका घिरौला , भिन्डी , तितेकरेला जस्ता तरकारीले मनै लोभ्याउने गरेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सवल नेपालको आयोजनामा समुन्नति परियोजना अन्तर्गत राधाकृष्ण कृषक समूह सुरुङ्गा नगरपालिका वडा नं ७ चकदहका लक्षित वर्ग समुदायका महिलाहरु पनि व्यबसायिक तरकारी खेतीमा जुटेका छन् ।

समूहका १८ जना सदस्यले डेढ बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले उनीहरूको पारिवारिक जीवनस्तरमा सुधार भएको समूहकी अध्यक्ष राजबत्ती देबी कामतले बताइन् । समूहका किसानहरु करिब डेढ बिघा खेती गर्दा मासिक रुपमा एक जना किसानले २० हजारसम्म आम्दानी गर्ने गरेको उनले बताइन् ।

Advertisement

 

दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएकी समूहकी सचिब सचिनकुमारी चौधरीले तरकारी खेतीबाट आफू निकै सन्तुष्ट रहेको बताइन् । सिरहाको लहान , कदमाहा, कुशहा लगायतका स्थानमा बजार रहेका कारणले बजारीकरणको खासै समस्या नभएका कारणले अरू कामभन्दा पनि घरपरिवार तरकारी खेतीमै सक्रिय भएको चौधरीले बताइन् ।

Advertisement

समूह बनाएर अगाडि बढेपछि व्यावसायिक तरकारी खेतीमा सरकारी , गैरसरकारी सहयोग पनि पाउन थालेको समूहकी सदस्य जानकी चौधरीले जानकारी दिइन् । उनले संस्थाबाट समय समयमा बिउबिजन, उपकरण, सिँचाइसुविधा लगायत प्राविधिक सहयोग भएको बताइन् । तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च धान्न सहज भएको उनीहरुको कथन रहेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top