इङ्ल्याण्डविरुद्धको श्रृंखलामा अस्ट्रेलियाको सफल सुरुवात

साउन २१, एजेन्सी । इङ्ल्याण्डविरुद्धको बहुचर्चित एसेस क्रिकेट श्रृंखलामा पाहुना टोली अस्ट्रेलियाले सुरुवाती अग्रता लिएको छ ।

बर्मिङ्घममा सम्पन्न पहिलो टेष्ट म्याच २ सय ५१ रनले जित्दै अस्ट्रेलियाले पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको हो । ३ सय ९८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १ सय ४६ रनमै समेटिएपछि अष्ट्रेलियाले फराकिलो जित निकाल्यो ।

इंग्ल्याण्डका लागि क्रिस वोक्सले पाँचौ तथा अन्तिम दिन बनाएको ३७ रन टोलीको लागि सर्वा्धिक ठूलो योगदान बन्यो ।

Advertisement

जेसन रोय र जो रुटले समान २८र२८ रन बनाएपनि इंग्ल्याण्डका ६ जना ब्याट्सम्यानले दोहरो अंकको स्कोर बनाउन सकेनन् ।अष्ट्रेलियाका नाथल लियोनले ६ विकेट लिँदै इंग्लीश पारी ध्वस्त बनाए ।

यसैगरी प्याट कमिन्सले ४ विकेट झारे । पहिलो पारीमा २ सय ८४ रनमा समेटिएको अस्ट्रेलियाविरुद्ध इङ्ल्याण्डले ३ सय ७४ रन बनाएको थियो ।

Advertisement

दोस्रो पारीमा अष्ट्रेलियाका स्टेभेन स्मिथ र म्याथ्यु वाडले शतक बनाउँदै टोलीलाई बलियो अवस्थामा पुर्‍याए । दुबै पारीमा शतक बनाउने क्रममा स्मिथले १ सय ४२ रन जोड्दा वाडले १ सय १० रन जोडेपछि अष्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ८७ रन बनाउँदै पारी समाप्तीको घोषणा गरेको थियो ।

३ सय ९८ रनको विशाल लक्ष्य पाएको इंग्ल्याण्ड १ सय ४६ रनमै समोटिएपछि श्रृंखलाको पहिलो खेलमै पराजित भएको हो । श्रृंखलाको दोस्रो टेष्ट म्याच यही अगष्ट १४ तारिखदेखि लण्डनमा हुनेछ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top