×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

कम्मरमा भिरेको पेस्तोल देखिएपछि विराटनगरमा हत्या योजनाको पर्दाफास

२१ श्रावण २०७६

२१ साउन,विराटनगर ।
लेनदेनको बिषयमा विवाद हुँदा विपक्षीलाई भारतीय सुटर प्रयोग गरि हत्या गराउने योजनाको प्रहरीले पर्दाफास गरेको छ । सो घटनामा पक्राउ परेका तीनजनालाई मंगलबार मोरङ प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका अभियुक्तहरुमा भारत सितामढीका कुनालकुमार सिंह,विराटनगरका मन्नुकुमार गुप्ता र सर्लाहीका हरीनारायण झा रहेका छन् ।

तीन अभियुक्तमध्ये मन्नुकुमार गुप्ताले आफुसंग लेनदेनको विवाद रहेका विराटनगरकै जितेन्द्र रायलाई हत्या गराउन ५ लाख भारुको सुपाडी दिएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । अभियुक्त मन्नु गुप्ताले रायको हत्या गराउन भन्दै सर्लाहीका हरीनारायण झालाई सो रकम दिएको र झाले भारत सितामढी घर भएका राकेश झा संग सांठगांठ गरेर भारत सितामढीकै सुटर कुनालकुमार गुप्ता र सोहि ठांउका राजुकुमार रौनियारलाई रायको हत्या गर्न पेस्तोल सहित विराटनगर पठाएको पत्रकार सम्मेलनमा मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement

गौर हुंदै विराटनगर आएका सुटरहरुमध्ये कुनालकुमार सिंहलाई गएको जेठ २७ गते प्रहरीले विराटनगर बसपार्क छेउमा रहेको होटल मेट्रो सिटिबाट पक्राउ गरेको थियो । सो होटलमा बियर खाएर नाच्ने क्रममा सिंहले कम्मरमा भिरेको पेस्तोल होटलका अन्य ग्राहक र होटल संचालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आइपुग्नु अघि नै सिंहसंगै रहेका राजुकुमार रौनियार फरार भएको प्रहरीले जनाएको छ । पेस्तोलसहित पक्राउ गरिएका सिंहको बयानपछि प्रहरीले अनुसन्धान गर्दै जांदा सुपाडी दिएर हत्या प्रयास घटनाको रहस्योद्घाटन गरेको छ । सो घटनामा राकेशकुमार झा र राजुकुमार रौनियार फरार रहेका छन् ।

Advertisement

अभियुक्त सिंह र रौनियार जेठ २७ गते नै रायको हत्या गर्ने उद्धेश्यसहित उनको विराटनगर हाटखोलास्थित घरसमेत पुगेका थिए । तर राय घरमा नभेटिएपछि उनिहरु सोधीखोजी गरि फर्किएर होटल तर्फ गएको बेला सोहि राती साढे ८ बजेपछि पेस्तोल सहित कुनाल पक्राउ परेका थिए । कुनाल पक्राउ परेपछि सर्लाहीबाट हरीनारायण र विराटनगरबाट मन्नुकुमार गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मन्नु बलात्कार अभियोगमा र सर्लाहीका झा हत्या अभियोगमा झुम्का कारागार बस्दा एकआपसबीच भेंट भएको र सोहि समयमा हत्याको योजना बनेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top