पर्यटन मन्त्रीको ध्यान भ्रमण वर्षमा

पर्यटन मन्त्रीको ध्यान भ्रमण वर्षमा

२१ साउन, काठमाडौँ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन आफूले ध्यान केन्द्रित गर्ने बताएका छन् । मन्त्री भट्टराईले सो भ्रमण वर्षलाई सफल बनाउने गरी आगामी १५ दिन भित्र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने घोषणा पनि गरे ।

मंगलबार नेपाल चलचित्र निर्माता संघका पदाधिकारीहरुसँग आफ्नै मन्त्रालयमा भएको सामूहिक भेटमा उनले सो भ्रमण वर्षलाई सफल बनाउन लेखक, कलाकार, पत्रकार सबैसँग सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउन आफूले मुख्य ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री भट्टराईले सो नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी चलचित्रकर्मीहरुले गर्ने सबै खालको कार्यक्रममा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.