भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

एजेन्सी, साउन २२
भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राती दिल्लीको अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा(एम्स) अस्पतालमा निधन भएको हो ।

मंगलबार साँझ एक्कासी हृदयघात भएपछि अस्पताल लगिएको उनको अस्पतालमा मंगलबार राती नै निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी सुषमा स्वराज भारतको पहिलो मुख्यमन्त्री समेत थिइन् । इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री बनेकी स्वराज सन् १९९८ मा दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्।

अघिल्लो मोदी सरकारमा उनी विदेश मन्त्री थिइन्। त्यसबेला विदेशमा रहेका भारतीयहरुका लागि उनले गरेका कामहरुको प्रशंसा भएको थियो। २०१९ मा भएको आम निर्वाचनमा भाजपाले बहुमतका साथ जितेपनि स्वास्थ्य स्थिति ठिक नभएका कारण उनले कुनैपनि पदमा नबस्ने घोषणा गरेको बताइन्छ । स्वराजको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्विटरमार्फत शोक सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन् ।

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.