डीभी परेर वडा अध्यक्ष अमेरिकामा, उपनिर्वाचन गराउन वडाबासीको निवेदन

२२ साउन ७६, बुधबार
Share this
812shares

हेटौंडा : एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो। यसको असर परेको थियो– केही ठूला पदधारी सरकारी कर्मचारीलाई। उनीहरु सेवा छाड्न विवश भए।

Advertisement

यसबारे विधेयक तयार गरेर १३ जेठ २०७१ को मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो। ‘ग्लोबलाइजेसनको युगमा यस्ता कुरालाई रोकेर हुन्छ ?’ –प्रतिपक्षले सरकारसमक्ष आक्रोश पोखेको थियो। यसै प्रसंगमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ का स्थानीयले वडा अध्यक्षको उपनिर्वाचन गर्न भन्दै सोमबार जिल्ला निर्वाचन आयोग कार्यालयमा निबेदन दर्ता गराएका छन्।

वडा अध्यक्ष जगत्मान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि रिक्त वडा अध्यक्षमा उपनिर्वाचन गराउन निवेदन दिइएको हो। इपापञ्चकन्याका स्थानीयले संयुक्तरुपमा वडा अध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएका हुन्।, यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top