राजपाको केन्द्रीय कार्यालय पनि सरकारी जग्गामै

२२ साउन ७६, बुधबार
Share this
756shares

काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रुपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलार्य ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ ।

Advertisement

सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागि दिएको हो । मञ्च मधेस केन्द्रित दल राजपा निकट संगठन हो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top