आगलागीबाट १६ लाख रुपैयाँ बराबरको क्षति

२१ साउन ७६, बुधबार

श्रावण २२, मोरङ । मोरङको बेलवारी नगरपालिका–११ मा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् । आगलागीमा करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ ।

Advertisement

मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा राती पौने ९ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

Advertisement

आगलागीमा परी दिल कुमारी लिम्बुको ४ वटा बाख्रा समेत जलेर मरेको तर मानवीय क्ष्ति भने नभएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top