नक्कली नेपाली नोट सहित एक बालक पक्राउ

नक्कली नेपाली नोट सहित एक बालक पक्राउ

श्रावण २२, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ बाट नेपाली एक हजार दरका नक्कली नोट सहित १५ बर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१ हजार दरको नेपाली नोट लिएर स्थानीय एक पसलमा किराना सामान किन्न गएका बालकले पसलमा दिएको नोट शंका लागि चेक गर्दा नक्कली जस्तो देखिएपछी किराना पसल संचालकले ईलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए ।

खबर प्राप्त भए लगत्तै घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले स्थानीय १५ बर्षीय बालकलाई १ हजार दरका ४१ थान नक्कली नोट सहित नियन्त्रणमा लिएको हो ।

नक्कली नोट सहित पक्राउ परेका बालकको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.