मन्त्रीकै कारण मेलम्चीको पानी राजधानीबासीले पिउन पाएका छैनन्ः सांसद् केसी

२१ साउन ७६, बुधबार

साउन २२, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानी मन्त्री विना मगर र सचिवका कारण राजधानीबासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।

प्रतिनिधीसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाई विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरेका हुन् ।

उनले भने,“काठमाण्डौ जस्तो ठाँउमा हामीले खानेपानी दिन सकेका छैनौं । मन्त्री ज्यु यहाँ हुनुहुन्छ । म अत्यन्तै दुखका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्ण प्रसाद भट्टराईका २० औ बर्षको आयोजनाको रुपमा रहेको मेलम्ची तपाईका कारणले मेलम्चीको खानेपानी राजधानीलाई उपलब्ध हुन सकेको छैन । मुखमा आएको गाँस सचिव र तपाईका कारणले राजधानीबासीलाई पानी उपलब्ध हुन सकेको छैन मन्त्री ज्यु यसमा तपाई क्लीयर गर्नुहोला । राजधानीबासी काकाकुल छन् । ”

एक गाग्री पानीका लागि अहिले पनि किर्तिपुर नगरबासीहरु बिहानैदेखि छटपटाएर हिड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षण सहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिएका छन् । उनले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्नु जरुरी रहेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top