×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

उपभोक्ता समितिमार्फत गराईने विकासका कामलाई निरुत्साहित गर्नुपर्छ : मन्त्री आङ्बो

२२ श्रावण २०७६

२२ साउन, विराटनगर ।
प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उपभोक्ता समिति मार्फत गराईने विकास निर्माणको कामलाई निरुत्साहित गरिनुपर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको दुइदिने बार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले उपभोक्ता समिति मार्फत गरिने निर्माण काममा विकृति भित्रिएको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।

उपभोक्ता समिति गठन गरेर निर्माण कार्य गर्ने भनिएपनि अधिकांश समितिले ठेकदार मार्फत निर्माण कार्य गराउने गरेको उनको भनाई थियो । उपभोक्ता समितिवाट भएका कतिपय काममा विवाद आउने गरेको पाइएको उनले बताए । मंत्री आङवोले स्थानिय तहमा हुने कतिपय काममा राजनितिक दलका नेता तथा कार्यकर्ता उपभोक्ता समितिमा अध्यक्ष र सदस्य रहने गरेकाले मापदण्ड पुरा नभएपनि योजना पास गराउन स्थानिय निकायका प्रमुख तथा इन्जिनियरलाई दवाव आउने गरेको वताए ।

Advertisement
Advertisement

मन्त्री आङ्बोले ठुला परियोजनाहरुकालागि तयार गरिने डिपिआरमा समेत समस्या देखिएको बताउँदै इन्जीनियरहरुले डिपिआर तयार गर्दा थप उत्तरदायी हुनुपर्ने बताए । टेन्डर मार्फत निकालिने ठेक्कामा ठेकेदारहरुले ६२ प्रतिशतसम्म बिलोमा टेन्डर सकार गरेको पाइएकाले टेन्डर जारी गर्नुअघि इन्जीनियर र प्राबिधिकहरुको मिलेमतोमा डिपिआर तयार गरिने गरेको हो कि प्रश्न उठेको उनले बताए ।

Advertisement

कुनैपनि ठेकेदारले शिलवन्दी ठेकामा ६० प्रतिशत विलो हालेर कसरी ठेक्का कवुल गर्छन भन्दै मन्त्री आङवोले घरबाट घाटा खाएर टेन्डर स्वीकार गर्न नसक्ने ठोकुवा गर्दै डिपिआर बनाउने क्रममा केहि कमि कमजोरी भएको त छैन त्यसतर्फ सम्बन्धित इन्जीनियर जिम्मेबार हुनुपर्ने वताए । उनले विगतमा जे भएपनि अवदेखी वजेट कार्यान्वयनका लागी समय तालिका बनाएर कामगर्नुपर्नेमा जोड दिए । कामको सम्पादनले सरकारले कर्मचारीको मुल्याकंन गर्ने भएकाले सरकारको लक्ष्य पुरा गर्नेतर्फ लाग्न कर्मचारीलाई उनले आग्रह गरे ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top