ग्लोबल टि-२० : सन्दीप सम्मिलित टोरन्टो प्लेअफमा , सन्दीपको औसत प्रदर्शन

२३ साउन ७६, बिहीबार
Share this
787shares

एजेन्सी, साउन २३
क्यानडामा जारी ग्लोबल टि–२० अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले टाइगर्सलाई ३५ रनले पराजित गरेको छ । जितसँगै टोरन्टो ग्लोबल टि–२० को प्लेअफमा प्रवेश गरेको छ ।

Advertisement

पहिलो ब्याटिङको निम्तो पाएको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन जोडेको थियो । टोरन्टोका लागि ओपनर रोड्रीगो थोमसले ५६ बलमा समान ५–५ चौका र छक्कासहित ७० रन जोडे । अर्का ओपनर चिराग सुरीले १६ तथा हेनारिकेसले १४ रनको योगदान दिए ।

यस्तै म्यान अफ द म्याच हेनरिक क्लासेनले ३४ बलमा नटआउट ६४ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे । मनाप्रित गोनीले ६ बलमा १ चौका र २ छक्कासहित १७ रनको आक्रमण इनिङ खेले । मोन्टरियलका थिसारा पारेराले २ तथा निखिल दत्त, फवाद अहमद र डिलन हेलिगरले १–१ विकेट हात पारे ।

Advertisement

जवाफमा मोन्टरियलले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय ५४ रनमात्र जोड्न सक्यो । शीर्षक्रममा म्याथ्यु क्रसले ३९ तथा दिनेश चन्दिमलले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । टोरन्टोका लागि सन्दीपले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । उनले छैटौं विकेटका रुपमा स्कट कुग्गेलेजिनलाई पोइन्टमा क्याच गराएका थिए । क्रिस ग्रीन र मिचेल मक्क्लिनघनले ३–३ तथा जेरेमी गोर्डनले २ विकेट हात पारे ।

यस नतिजासँगै सन्दीपको टोली अंक तालिकाको तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ । टोरन्टोको ६ खेलमा ३ जितका साथ ६ अंक छ । विनिपेग हक्सले समान ५ अंक रहेपनि मोन्टरियललाई पछाडी पार्दै चौथो स्थान कब्जा गर्यो । अब एलिमिनेटरमा सन्दीपको टोरन्टो र सोमपालको विनिपेगले खेल्नेछन् । क्वालिफायरमा ब्राम्पटन वल्भ्स र भ्यानकुभर नाइट्सले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

सम्बन्धित टोलीले अन्तिम खेलसम्म पनि पूरा पैसा नदिएको कारण लिग चरणको अन्तिम खेल निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएको थियो । पैसा नदिएको कारण दुवै टोलीले खेलका लागि मैदान आउन मानेका थिएनन् । आयोजक, टोली व्यवस्थापन र खेलाडीबीच वार्ता भएपछि निर्धारित समयभन्दा २ घण्टा ढिलो खेल सुरु भएको थियो । लिगको अन्तिम खेलमा टोरन्टोका कप्तान युवराज सिंह चोटका कारण बाहिर रहँदै मोइजेस हेनिरिकेसले टोलीको कप्तानी गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top