विराटनगरमा वडा प्रहरी कार्यालय नजिकै दुईवटा पसल चोरी

विराटनगरमा वडा प्रहरी कार्यालय नजिकै दुईवटा पसल चोरी

साउन २३, विराटनगर । पछिल्ला दिनमा चोरीका घटनाहरु दिनदिनै बढ्न थालेका छन् । केही दिन अघिमात्र विराटनगरको महेन्द्र चोकमा मोबाइल पसल चोरी भएको थियो ।

त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै बुधबार राति फेरि विराटनगरको दुई वटा पसलमा चोरी भएको छ । विराटनगर महानगरपालिका र वडा प्रहरी कार्यालय नजिकै रहेको पञ्चकन्या ट्रेडलिङ्क र गणनायक मार्केटिङ हाउसमा चोरी भएको हो ।

पञ्चकन्या ट्रेडलिङ्कबाट ४ लाख चोरी भएको र गणनायक मार्केटिङ हाउसबाट ५० हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताए । घटनाको बारेमा अनुसन्धान जारी रहेको डीएसपी खिउजुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.