डेढ बिघा सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने प्रयास असफल

२३ साउन ७६, शुक्रबार

वीरगन्ज : वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।

Advertisement

महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौँ महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक लगाइएको हो ।

वीरगन्ज औद्योगिक क्षेत्र नजिक रहेको घरवानीपुर–आइसिपी बाइपास सडकखण्डबाट दक्षिण जगरनाथपुर चोक जोड्ने मूल बाटो छेउमा सो जग्गा छ । जगरनाथपुर क्षेत्रमा कट्ठाको ८० लाख रुपैयाँ पर्ने स्थानीय बताउँछन् । यस आधारमा करिब २३ करोड ६० लाखसम्म मूल्य पर्ने सो जग्गा मास्के परिवारले आफ्नो नाममा बनाउन खोजेको स्थानीयले बताए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top