विराटनगरबाट २ लाख ५० हजार बराबरका लत्ताकपडा नियन्त्रणमा

विराटनगरबाट २ लाख ५० हजार बराबरका लत्ताकपडा नियन्त्रणमा

२४ साउन, विराटनगर ।
विराटनगर– १५ हुलास चोकबाट भन्सार छली ल्याएको २ लाख ५० हजार बराबरको समान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका चेकजांच गर्दा हुलास चोक आसपास क्षेत्रबाट सो मुल्य बराबरको लत्ता कपडाहरु तयारी कुर्था सुरुवाल, कुर्था सुरुवाल पिस र सर्ट बरामद गरेको हो ।

त्यस्तै बिहीबार इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले चोरी निकासी पैठारी गर्दै रहेको अवस्थामा अन्दाजी ३८ हजार ७ सय मुल्य बराबरका रेडिमेटका कपडाहरु, चिनि, खैनी बरामद गरेको थियो ।

बरामद गरिएको सामानहरू विराटनगर भन्सार कार्यालयमा पठाईएको र थप अनुसन्धान कार्य भई रहेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.