काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पु¥याउने प्रतिवद्धता दोहो¥याएका छन् । मन्त्री भट्टराईले नेपाली विमानलाई युरोप, अमेरिकाको आकाशमा निर्वाध ढंगले उडान भर्नेगरी सम्बद्ध पक्षसँग तत्काल छलफल गर्ने पनि बताए ।
उनले अन्तर्राष्ट्रिय आकाशमा नेपालको विमानलाई उडान भर्न केही समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले सम्बन्धित देशसँग संवाद गर्ने पनि स्पष्ट पारे । मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सम्बद्ध सबै पक्षलाई केन्द्रित हुन पनि आह्वान गरे ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सबै राजनीतिक दलका नेताहरुको प्रतिवद्धता लिने अभियानलाई पनि सरकारले अघि बढाउने योजना अघि सारे । मन्त्री भट्टराईले सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताए ।