संसदमा उठेका विषयमा सरकार गम्भिर नबनेको आरोप

२५ साउन ७६, आइतबार

साउन २६, काठमाण्डौं । प्रतिनिधिसभा बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिक जसो सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराउदै आएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगनकुमार थापाले शुन्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धीत मन्त्रीले ५ दिन भित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

विगतमा शुन्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलमिा नै व्यवस्था गरिएको उल्लेख गर्दे उनले “नियमको कार्यान्वयन किन नभएको ?” भन्दै सभामुखलाई प्रश्न गरे ।

Advertisement

त्यस्तै शुन्य समयमा बोल्दै सांसदहरुले अन्य समसायिक र क्षेत्रगत विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् । सांसद अमृतादेवी अग्रहरिले कपिलवस्तुमा किसानले मलखाद र पानीको ठूलो अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिंचाईको तत्काल व्यवस्था गर्न माग गरिन ।

उनले यसबारे पटक पटक कुरा उठाउदै आएको भए पनि सरकारले वेवास्ता गरेको गुनासो गर्दे कान थुनेर र आँखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री र कृषिमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइन ।

Advertisement

सांसद कृष्णभक्त पोखरेलले सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवन भित्र निर्वाध प्रवेश गर्ने वातावरण बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद खगराज अधिकारीले कालीगण्डकीको डायभर्सन गर्दा केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरु पानी विनाका हुने भदै, चापाकोट रामपुर लगायतका टार सिंचाई हुनबाट बञ्चित हुने तथा नारायणीमा पानी जहाज संञ्चालन गर्ने विषय पनि प्रभावित हुने भन्दै विषयवस्तुको गार्भियर्ता तर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेशकुमार पहाडीले मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको खुर्रकोट घुर्मी सडकखण्डमा दोहोरो यातायात संञ्चालनको लागि आवश्यक पहल गर्न आग्रह गरेका छन ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top