साउन २६, सिरहा । सिरहा प्रहरीले नेपालबाट भारत तर्फ अबैध रूपमा लैजादै गरेको ५० कार्टुन गौरव सोफी मदिरासहित स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले बरियारपटटी गाउँपालिका १ बाट एच आर ६६१४८७ नम्बरको स्कर्पियोलाई चेकजाँच गर्ने क्रममा ५० कार्टुन अबैध गौरव सोफी मदिरा प्रहरीले पक्राउ गरेको हो ।
स्कार्पियो सहित २५ लाख मूल्य बराबरको मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । प्रहरी लाई देख्ने बितिकै स्कार्पियो चालक गाडी छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
पक्राउ गरेको गाडी र मदिरा सिरहा भन्सार कार्यालय खैरटोकामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डिएसपी अपिलराज बोहराले बताए ।