साउन २६, काठमाडौं । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले मानव अधिकारको संरक्षण र कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन न्याय प्रणालीमा आवद्ध सबै निकाय र व्यक्तिहरुको उत्तिकै सहकार्यको आवश्यक्तामा जोड दिएका छन ।
प्रधानन्यायाधिश जबराले नागरिक स्वतन्त्रता, मौलिक अधिकार र मानव अधिकारको संरक्षण अदालत एक्लैको प्रयासबाट सम्भव नहुने भएकाले नै न्याय प्रणालीमा आवद्ध व्यक्ति र निकायको आपसी सहयोग, सहकार्य र क्रियाशीलतामा जोड दिनु परेको पनि स्पष्ट पारे ।
सर्वोच्च अदालत बार एशोशिएशनले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्याय प्रणालीको सक्षमता र प्रभावकारिता त्यसमा आवद्ध निकाय र व्यक्तिहरुको सक्षमता, अन्तरसम्बन्ध र परिपुरकतामा आधारित आधारित हुने भएकाले कानुन र न्यायका क्षेत्रमा आएका नविनतम मान्यताहरुको जानकारी सम्बन्धित सबै पक्षमा हुन जरुरी रहेको पनि बताए । प्र
धानन्यायाधिश जबराले स्वतन्त्र, निष्पक्ष एवम् समक्ष न्यायपालिका लोकतान्त्रिक राज्य व्यवस्थाको आधार स्तम्भ भएको उल्लेख गर्दै त्यसलाई सार्थक तुल्याउन न्याय सम्पादन कार्यमा संलग्न सबै क्रियाशील हुनुपर्ने पनि बताए ।