झापाको वडा कार्यालयमा अज्ञात समूहबाट बम विष्फोट

झापाको वडा कार्यालयमा अज्ञात समूहबाट बम विष्फोट

साउन २७, झापा । अज्ञात समूहले झापाको बिर्तामोड नगरपालिका अन्तरगत रहेको तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ ।

बिर्तामोड ९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित बिर्तामोड ७, ८ र ९ नम्बर वडा कार्यालय भवन बाहिर सोमबार बिहान साढे ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ । कार्यालय भवन भित्ता, ६ वटा सिसीका झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको हो ।

‘भवन आसपासमा विस्फोट भएजस्तै ठुलो आवाज आएपछि तत्काल घटनास्थलतर्फ अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली पुगेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउका छन्।

भवन बाहिर विस्फोट भएको तर आगलागी नहुँदा कार्यालयको आवश्यक कागजातसहित अन्य सामानहरूमा ठूलो क्षति नभएको उनले बताए । बिर्तामोड–भद्रपुर सडक खण्डसँगै जोडिएको संयुक्त वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ ।

अहिले सम्म घटनाको बारेमा कसैले जिम्मा नलिएको प्रहरीले जनाएको छ । झापा प्रहरीले नेत्र चन्द विक्रम (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरूले बम विस्फोट गराएको हुन सक्ने आशङ्का गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.