श्रावण २८, इलाम । इलाम सुर्योदय नगरपालिका १० आरुबोटेमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुदाँ ५ लाख बराबरको क्षति भएको छ ।
मंगलबार बिहान साढे ६ बजे बिद्युत सर्ट भई फ्याक्ट्रीमा आगलागी हुदाँ २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षति भएको हो ।
आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।